लगानीमैत्री वातावरणका लागि कम्पनी खारेजी प्रक्रिया सहज बनाइने
काठमाडौं । सरकारले व्यवसाय सञ्चालन मात्र होइन, कम्पनी बन्द गर्ने प्रक्रियालाई समेत सहज र व्यवस्थित बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत कम्पनी खारेजी प्रक्रियालाई सरल, छिटो र झन्झटरहित बनाइने नीति सार्वजनिक गरिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि कम्पनी दर्तादेखि एक्जिटसम्मको प्रक्रियामा सुधार गरिने बताए।
हालसम्म व्यवसाय बन्द गर्न खोज्ने लगानीकर्ता तथा उद्यमीहरूले कानुनी जटिलता, प्रशासनिक ढिलासुस्ती र लामो प्रक्रियाका कारण सास्ती खेप्दै आएका थिए। सरकारले त्यही समस्यालाई समाधान गर्न कम्पनी खारेजी प्रक्रियामा नीतिगत सुधार गर्न लागेको जनाएको छ।
सरकारको यो घोषणाले निजी क्षेत्रलाई थप प्रोत्साहन मिल्ने तथा व्यवसायिक वातावरणलाई अझ पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया