Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

सरकारले महिलामैत्री ‘ब्लू बस’ सेवा ल्याउने घोषणा गर्‍यो


काठमाडौं। सरकारले महिलाहरूका लागि ‘ब्लू बस’ सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महिलाहरूको सुरक्षित, सहज र व्यवस्थित यातायात सेवाका लागि विशेष ‘ब्लू बस’ सञ्चालन गरिने जानकारी दिएका हुन्। उनले यस कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको समेत उल्लेख गरे।

सरकारको यस कदमले सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा, पहुँच र सहजतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट