Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

महानगरबाहिर सिनेमा हल खोल्नेलाई १० वर्ष आयकर छुट


काठमाडौं । सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्ने लगानीकर्तालाई १० वर्षसम्म पूर्ण आयकर छुट दिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३ र ८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चलचित्र उद्योगको विस्तार र विकेन्द्रीकरणलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिए।
यससँगै सरकारले संगीत, कला र साहित्य क्षेत्रको प्रवर्द्धनका लागि त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट तथा एथ्नो म्युजिकोलोजी सेन्टर स्थापना गर्ने घोषणा पनि गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट