जग्गाधनीको बेइमानीको जञ्जालमा परे सन्तोष साह
काठमाडौं । चर्चित तथा लोकप्रिय शेफ सन्तोष साह जग्गा विवादका कारण चर्चामा आएका छन्।प्राप्त जानकारीअनुसार उनले सम्बन्धित जग्गा दुई वर्षअघि सात वर्षका लागि भाडामा लिएका थिए। उक्त स्थानमा करोडौं रुपैयाँ लगानी गरिसकेपछि जग्गाधनीले सम्झौताको अवधि बाँकी रहँदै सम्झौता रद्द गर्न खोजेको बताइएको छ।
सम्झौता अनुसार अझै समयावधि बाँकी रहँदा एकतर्फी रूपमा सम्झौता अन्त्य गर्न खोजिनु न्यायोचित नभएको सरोकारवालाहरूको भनाइ छ। यद्यपि, सन्तोष साह विवाद र झमेलामा पर्न नचाहने भएकाले विषयलाई थप लम्ब्याउन इच्छुक थिएनन्।
स्रोतका अनुसार सन्तोष आफूले विश्वास गरेका केही व्यक्तिहरूको प्रभावमा परेका थिए। उनी घटनालाई शान्तिपूर्ण रूपमा समाधान गर्न चाहन्थे, तर परिस्थितिले नचाहँदा–नचाहँदै फरक मोड लिएको बताइन्छ।
यस घटनामा सन्तोष साहको कुनै खराब नियत वा प्रत्यक्ष दोष नदेखिएको दाबी गरिएको छ। बरु, उनी जग्गाधनीको बेइमानीपूर्ण व्यवहारको जञ्जालमा फसेको बताइएको छ।
सार्वजनिक जीवनमा स्थापित र लोकप्रिय व्यक्तित्व भएकाले यो विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा र चासोको विषय बनेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया