४५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया