Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

बेलायतमा १७ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको घोषणा


काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको घोषणा गरेका छन्।

प्रधानमन्त्री स्टारमरका अनुसार यो प्रतिबन्ध अर्को वर्षको सुरुमा अर्थात् २०२७ मा लागू हुनेछ। ‘पूर्ण प्रतिबन्ध सही विकल्प हो। हामी बालबालिकाको सुरक्षा र खुसीमा सम्झौता गर्न तयार छैनौँ’, उनले भने, ‘हामीलाई आशा छ कि क्रिसमसअघि नियमहरू पारित हुनेछन् र प्रतिबन्ध अर्को वर्षको सुरुमा लागू हुनेछ।’

स्टारमरको सम्बोधनपछिको छुट्टै विज्ञप्तिमा बेलायती सरकारले भन्यो, ‘प्रतिबन्धमा स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्स समावेश हुनेछन्। तर ह्वाट्सएप र सिग्नल समावेश हुने छैनन्।’

गत वर्ष डिसेम्बरमा अस्ट्रेलिया यस्तो प्रतिबन्ध लागू गर्ने विश्वको पहिलो देश बनेके थियो।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट