Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ । चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिए ।

बैठकमा सहभागी हुनका लागि नेताहरू चितवन जान क्रम जारी छ । महामन्त्री शाहका अनुसार नेतृत्व टिम भोलि नै चितवन पुग्नेछन् । ‘विधान मस्यौदा, महाधिवेशन कार्यविधि अनुमोदनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो’, उनले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट