Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

रास्वपामा अझै पदाधिकारी मनाेनयन भएन


रास्वपाले पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरे पनि पार्टीको संगठनले अझै पूर्णता पाएको छैन। सभापति रवि लामिछानेले विधानअनुसार मनोनयन गर्नुपर्ने ५१ केन्द्रीय सदस्य र १२ पदाधिकारीको टुंगो लगाउन वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग निरन्तर छलफल गरिरहेका छन्। महिला प्रतिनिधित्व, समावेशिता, भौगोलिक सन्तुलन, समूहगत सहभागिता तथा अनुभवी र नयाँ अनुहारलाई समेट्ने विषयमा सहमति खोजिँदा नियुक्ति प्रक्रिया लम्बिएको बताइएको छ। शाह पक्षले मनोनयन हुने सदस्यमा उल्लेख्य हिस्सा मागेको स्रोतको दाबी छ। पार्टी नेताहरूले भने कुनै गम्भीर विवाद नरहेको र छिट्टै बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सम्पन्न हुने बताएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट