संसदीय मर्यादामा सभामुखको कडाइ : सांस्कृतिक पोसाक वा कोट अनिवार्य
काठमाडौं । संसद्मा सांस्कृतिक पोसाक नलगाउने सांसदले कोट अनिवार्य लगाउनुपर्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सांसदलाई ड्रेस कोड तोकेका हुन् ।
तोकिएको ‘ड्रेस कोड’मा नआउने सांसदलाई सदनमा प्रवेश निषेध तथा रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिएका छन् । “सांसदको पोसाकबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभामुखले आजको बैठकमार्फत सांस्कृतिक झल्कने पोसाक लगाउन पाउने, नभए कोट अनिवार्य हुनुपर्ने बताउनुभएको छ । त्यस्तो पोसाकमा नआए रोष्ट्रममा बोल्न नदिने चेतावनी समेत दिनुभएको छ,” एक सांसदले भने ।
त्यस्तै, लोगो अनिवार्य लगाउनुपर्ने स्मरण गराए । सभामा सांसद उपस्थित हुन नसके जानकारी गराउनुपर्ने भएको छ । बैठकमा विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेका थिए । उनीहरूको मागमा सभामुख अर्यालले सहमति जनाए ।
उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक, सचेतकले भूमिका खेल्नुपर्ने बताए । “विपक्षीतर्फ उठेको कुरामा यहाँहरूले भूमिका खेल्नुपर्यो,” सभामुखले भनेका छन् । त्यस्तै, विशेष समयको समय पनि बढाइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया