राप्रपा परित्याग गर्नेको संख्या १९३ पुग्यो
काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेको संख्या १९३ पुगेको छ । बिहीबार दिउँसो राणासँगै राप्रपा परित्याग गर्नेको संख्या १८३ थियो । राजीनामा गर्नेहरूको संख्या थपिएर संख्या बढेर १९३ पुगेको हो । राप्रपा परित्याग गर्नेहरूमा थप सदस्यहरूमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्वकेन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाही र कास्की, पोखरा नगर समिति सदस्य मनिष शर्मा छन् ।
राजीनामा गर्ने अन्य सदस्यहरूमा धादिङ, धुनीवेशी नगर अध्यक्ष विना अधिकारी (रिमाल), वाग्मती प्रदेशका पूर्वकोषाध्यक्ष पशुपति खडायत, काठमाडौंका स्थानीय नेता विमल अधिकारी, सहायक महामन्त्री प्रवीणकुमार शेरचन र पाँचथर तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष देवीधर्म खड्का छन् ।मूल नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण सम्भावनाहरू क्षीण हुँदै गएको भन्दै राणा पक्षले राप्रपा परित्याग गरेको बताएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया