Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय


काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। जेठ २१ गतेसम्मका लागि यसअघि तय गरिएको समयमा थप एक साता थपिएको हो ।

महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले जेठ २८ गतेसम्मका लागि अवधि थप गरेको हो ।

‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

वैशाख १ गतेदेखि सुरु गरिएको अभियानमा बिहीबारसम्म करिब चार लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेको समितिले जानकारी गराएको छ । पूर्व सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्ष भने क्रियाशील सदस्यता अद्यावधिकको विरोधमा छ ।

२०७८ मा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम थिए। तीमध्ये गत पुसमा करिब ६ लाखले मात्रै नवीकरण गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट