Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

महावीर पुनले साविकको खेलकुद मन्त्रालयबाट पदभार ग्रहण गर्ने


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री सांसद महावीर पुनले पदभार ग्रहण गर्ने तयारी गरिएको छ । नयाँ मन्त्रालय गठन भए पनि यसको छुट्टै प्रशासनिक संरचना र भवन अहिलेसम्म पूर्ण रूपमा व्यवस्थित भइनसकेकोले हालका लागि अस्थायी व्यवस्थापनमार्फत काम अघि बढाइँदैछ ।

यसअघि विज्ञान तथा प्रविधिसम्बन्धी काम शिक्षा मन्त्रालय अन्तर्गतको शाखामार्फत सञ्चालन हुँदै आएको थियो । मन्त्रालयको आफ्नै कार्यालय भवन तयार नभएकाले मन्त्री पुनले साविकको खेलकुद मन्त्रालयको भवनमा पदभार ग्रहण गर्ने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयकी सहसचिव मोनिका झाका अनुसार उपलब्ध संरचनाको आधारमा मन्त्रीको कार्यकक्ष त्यही स्थानमा रहनेछ । मन्त्रालयको प्रशासनिक काम भने हालसम्म शिक्षा मन्त्रालयअन्तर्गतकै महाशाखाबाट सञ्चालन भइरहेको छ ।

यसैबीच, हालै सरुवा भएर आएका सचिव प्रमिला बज्राचार्यको कार्यकक्ष पनि साविककै खेलकुद मन्त्रालय भवनमै व्यवस्थापन गरिएको बताइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट