Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाले टुंग्यायो ६४ जिल्ला र ४ वटा प्रदेशको नेतृत्व टुंगियो, कहाँ कहाँ बाँकी ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभर संगठनात्मक संरचना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ। हालसम्म पार्टीले ६४ जिल्ला तथा चार प्रदेशमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ४ हजार ३६३ वडा र ६०९ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ। यद्यपि केही जिल्लामा आन्तरिक विवाद तथा विधानविपरीत गतिविधिका कारण अधिवेशन स्थगित वा बदर भएका छन्।

अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ।

त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहटका अधिवेशन स्थगित भएका छन्।

प्रदेश अधिवेशनतर्फ सात प्रदेशमध्ये मधेश प्रदेशको अधिवेशन स्थगित भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको रास्वपाले जनाएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनअघि अधिकांश तहको नेतृत्व टुंग्याउने पार्टीको तयारी रहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट