Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्दै छ । आइतबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको छ ।

रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार सचिवालय बैठक बोलाइएको हो । बैठकमा स्थानीय तह उमेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ । त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट