Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्। उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्नुपर्नाकै कारण देखाएर अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका हुन्। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले आठवटामध्ये सातवटा अध्यादेश जारी गरेका छन्।

उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन्। यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन्। राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता गरेका छन्।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट