Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

संसदमा घम्साघम्सी, बैठक स्थगित


काठमाडौं । विपक्षीको वेल घेराउ र नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।

अन्यले पनि समर्थन जनाएका थिए । तर, सभामुख डोलप्रसाद अर्यालले मानेनन् । ‘म निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढाए ।

त्यसपछि विपक्षी दलका सांसदहरूले वेल घेराउ गरे । पेलेर संसद नलचलाउन माग गर्दै नाराबाजी गरे ।

जबरजस्ती सदन चलाइएको भनेर एक जना विपक्षी दलका सांसद सभामुखको आसनमै पुग्न खोजे । तर मर्यादापालकल रोके ।

सभामुख अर्यालले पटक पटक सभाको मर्यादा कायम गर्न निर्देशन दिएका थिए। तर विपक्षीहरूले विरोध जारी राखेपछि बैठक स्थगित भएको छ।

सत्तारूढ दलका सचेतक प्रकाश चन्द्र परियारले विपक्षीले योजनाबद्ध रूपमा आजको बैठकमा अवरोध खडा गरेको बताए। ‘ुसत्ता पक्ष पनि सम्हालिन आवश्यक थियो, परियारले भने, ‘दुवै पक्ष मर्यादा विपरीत जानाले बैठक स्थगित भयो।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट