Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

इङ्ल्याण्ड र घानाको खेल गोलरहित बराबरी, पोर्चुगलको शानदार जित


काठमाडौँ । फिफा विश्वकपअन्तर्गत समूह ‘एल’मा इङ्ल्याण्ड र घानाबीच भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । समूह चरणको दोस्रो खेलमा दुवै टोलीले निर्धारित समयभर गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् ।

यसअघि समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियामाथि ४–२ गोलअन्तरको प्रभावशाली जित निकालेको थियो भने घानाले पानामालाई १–० गोलले पराजित गरेको थियो । दोस्रो खेलको बराबरीसँगै दुवै टोलीले समूह चरणमा महत्वपूर्ण एक–एक अंक थपेका छन् ।

यता, गएराति सम्पन्न अर्को खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै शानदार प्रदर्शन गरेको छ । पोर्चुगलले खेलभर दबाब कायम राख्दै एकपक्षीय नतिजा आफ्नो पक्षमा पारेको हो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट