Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

बेल्जियमको शानदार जित, अमेरिका विश्वकपबाट बाहिरियो


काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम–१६ को खेलमा बेल्जियमले सह–आयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बिहान सियाटलस्थित लुमेन फिल्डमा भएको खेलमा बेल्जियमले सुरुदेखि अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो।

बेल्जियमका लागि खेलको नवौँ मिनेटमा चार्ल्स डे केटलारेले गोल गर्दै अग्रता दिलाएका थिए। अमेरिकाले ३१औँ मिनेटमा मालिक टिलम्यानको आकर्षक फ्रिकिकमार्फत खेल १–१ को बराबरीमा ल्याए पनि दुई मिनेटपछि नै डे केटलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाए। पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो।

दोस्रो हाफमा पनि बेल्जियमले आफ्नो दबाब कायम राख्यो। ५७औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै टोलीको अग्रता ३–१ पुर्‍याए। त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल थपेपछि बेल्जियमले ४–१ को सहज जित सुनिश्चित गर्‍यो।

घरेलु समर्थकको साथ पाए पनि अमेरिकाले रक्षापंक्तिको कमजोरी सुधार्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।यससँगै विश्वकप २०२६ का तीनै सह–आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिको अन्तिम–१६ बाटै बाहिरिएका छन्।बेल्जियमले अब जुलाई १० मा लस एन्जलसमा हुने क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट