Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

विश्वकप फुटबल: पहिलो हाफमै ब्राजिलको एकतर्फी दबाब, हैटीविरुद्ध ३-० को बलियो अग्रता


काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा उपाधि दाबेदार ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै हैटीविरुद्ध पहिलो हाफमै ३-० को सुविधाजनक अग्रता बनाएको छ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले खेलको सुरुवाती समयदेखि नै हैटीलाई पूर्ण दबाबमा राखेको हो। आक्रामक रणनीतिका साथ मैदान उत्रिएको ब्राजिलका लागि माथेउस कुन्हा चम्किँदा टोलीले बलियो स्थिति खडा गर्‍यो।

खेलको २३औँ मिनेटमा पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका कुन्हाले व्यक्तिगत प्रदर्शनलाई जारी राख्दै ३६औँ मिनेटमा टोलीका लागि दोस्रो गोल थपे। पहिलो हाफको निर्धारित समय २-० मा सकिए पनि इन्जुरी समयमा हैटीको रक्षापंक्ति पुनः कमजोर देखियो।

पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले प्रहार गरेको बल जालीमा चुमेपछि ब्राजिलले पहिलो हाफको समाप्तिसम्म ३-० को मजबुत अग्रता सुनिश्चित गरेको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट