Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

फ्रान्स अन्तिम ३२ मा, इराक समूह चरणबाट बाहिरियो


काठमाडौँ । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ ।

फ्रान्सको जितमा कप्तान एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे । आफ्नो राष्ट्रिय टोलीका लागि १००औँ खेल खेलिरहेका एमबाप्पेले १४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफपछि मौसम प्रतिकूल बनेपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । खेल पुनः सुरु भएपछि पनि फ्रान्सले दबाब कायम राख्यो ।

एमबाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ६६औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।
लगातार दोस्रो जित निकालेको फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । यसअघि फ्रान्सले सेनेगललाई पराजित गरेको थियो । इराक भने लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट