Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अल्जेरियाको पुनरागमन जित, जोर्डन २–१ ले पराजित


काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण पुनरागमन जित निकालेको छ ।

पहिलो हाफमापछि परेको अल्जेरियाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा मोडेको हो । खेलको ३६ औँ मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफसम्म जोर्डनले उक्त अग्रता कायम राखेको थियो ।

दोस्रो हाफमा आक्रामक बनेको अल्जेरियाले ६९ औँ मिनेटमा एन बेनबोआलीको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो । त्यसपछि ८२ औँ मिनेटमा अमिन गोइरीले कर्नरबाट आएको बललाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

अन्तिम समयसम्म जोर्डनले बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन । यस जितसँगै अल्जेरियाले समूह चरणबाट अघि बढ्ने सम्भावना जोगाएको छ भने जोर्डन प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समूहबाट अर्जेन्टिनाले ६ अंकसहित अन्तिम चरणमा स्थान सुरक्षित गरिसकेको छ भने अस्ट्रियाले दुई खेलमा एक जित र एक हारसहित ३ अंक जोडेको छ । अल्जेरियाको यो जितले समूहको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट