Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा


काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलोपटक समूह चरण पार गरेको हो । सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन ।

दक्षिण अफ्रिकाले ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो । सहआयोजक मेक्सिको ९ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको हो ।

तेस्राे स्थानमा रहेकाे दक्षिण काेरियाकाे ३ अंक छ । तेस्राे स्थानमा रहेकामध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुग्ने दक्षिण काेरियाकाे सम्भावना जिवितै छ । त्यसका लागि अन्य टाेलीकाे नतिजामा निर्भर हुनेछ ।

३ खेलबाट एक अंक जाेडेकाे चेक रिपब्लिक प्रतियाेगिताबाट बाहिरिसकेकाे छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट