Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रतिनिधिसभा बैठक फेरि सारियो, अब आइतबार बस्ने


काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि शुक्रबार बस्ने गरी बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो । तर, पुनः सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेका संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट