Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

बैंगलुरुसँग दिल्लीको लज्जास्पद हार


काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपीएलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ। दिल्लीले दिएको ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६ दशलमव ३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो।

यो यस सिजनको आइपिएलको यो सबैभन्दा कम स्कोर हो। दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए। त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए। यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट