Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

फिफा विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट


काठमाडौं । फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् । संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका क्यानडा, मेक्सिको र अमेरिका लगातार तीन दिनमा पालैपालो पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मंगलबार बिहान भएको खेलमा बेल्जियमसँग ४-१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई पराजित गरेको अमेरिका टर्कीएसँग पराजित भएको थियो । समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको अमेरिकाले बोस्निया तथा हर्जगोभिनालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।

अपराजित रहँदै नकआउटमा पुगेको मेक्सिको इंग्ल्यान्डसँग पराजित हुँदा अन्तिम १६ मा रोकिन पुग्यो । समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोल अन्तिम ३२ मा इक्वेडरलाई हराएको थियो । अन्तिम १६ मा इंग्ल्यान्डसँग हार्दा मेक्सिकोको सपना पनि पूरा हुन सकेन ।

समूह चरणमा एक जित, एक हार र एक बराबरी खेलेको क्यानडाले अन्तिम ३२ मा सहज प्रतिस्पर्धी पायो । घरेलु मैदानमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानडाले पहिलोपटक नकआउट चरणमा जित दर्ता गर्‍यो । तर, अन्तिम १६ मा मोरक्कोसँग पराजित हुँदा क्यानडाको विश्वकप यात्रा टुंगिन पुग्यो ।

 

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट