Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

नेदरल्यान्ड्ससँग नेपाल १५७ रनमा आलआउट


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर ब्याटिङ गरेको नेपालले ४४ ओभर ४ बलमा १५७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका आरिफ शेखले ४१, गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए । नेदरल्यान्ड्सका एलेक्स रोए र रोल्फ भान डेर मर्वेले ३र३ विकेट लिए ।

नेपाल यो शृङ्खलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो । नेपालले यस शृङ्खलाको तेस्रो खेल साउन ११ गते फेरि नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग खेल्ने छ ।

लिग–२ तालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अङ्क छ । नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन् । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो स्थानमा छ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट