Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट