१३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया