Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ३ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट