Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालको राष्ट्रिय टोली घोषणा, को को परे ?


काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले राष्ट्रिय टोली घोषणा गरेको छ। १५ सदस्यीय टोलीमा अधिकांस खेलाडी ओमान र युएईविरूद्धको सिरिज खेलेकै छन्।

यसपटब बसिर अहमदको स्थानमा ईशान पाण्डेले टोलीमा परेका छन् । पाण्डेले नेपालको राष्ट्रिय टोलीबाट टी(२० खेल खेलिसकेका छन्। सन् २०१९ मा उनले जिम्बावेविरूद्ध खेलेका थिए। पाण्डे नेपालको एकदिवसीय टोलीमा भने पहिलोपटक परेका हुन् ।

राष्ट्रिय टोलीबाट चार वटा टी-२० खेलेका पाण्डेले पछिल्लो समय घरेलु क्रिकेटका साथै नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका लागि राम्रो प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री कप र नेपालको ए टोलीमा गरेको प्रदर्शनको आधारमा राष्ट्रिय टोलीमा स्थान दिइएको हो ।

को को परे टोलीमा

१ रोहित पौडेल (कप्तान)
२ दीपेन्द्र सिंह ऐरि (उपकप्तान)
३ कुशल भुर्तेल
४ आसिफ सेख
५ भीम सार्की
६ आरिफ सेख
७ ईशान पाण्डे
८ गुलशन झा
९ सोमपाल कामी
१० सन्दीप लामिछाने
११ ललित राजवंशी
१२ विनोद भण्डारी
१३ नन्दन यादव
१४ अर्जुन कुमाल
१५ करण के सी

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट