महिला खेलाडीको गोप्य भिडियो खिच्ने प्रशिक्षकलाई आजीवन प्रतिबन्ध
काठमाडौं । आफ्ना खेलाडीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्लाचोभ्स्की आजीवन प्रतिबन्धमा परेका छन् ।
महिला खेलाडीहरूले कपडा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले भ्लाचोभ्स्कीमाथि आजीवन प्रतिबन्ध लगाएको हो । दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो ।
प्रशिक्षक भ्लाचोभ्स्की सन् २०२५ को मे महिनामै दोषी ठहर भएका थिए । उनले एफ सी स्लोभाको क्लबका खेलाडीहरूको गोप्य भिडियो खिचेका थिए । शुरूमा उनलाई १ वर्षको जेल सजाय र ५ वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो ।
पेट्र भ्लाचोभ्स्की १९ वर्षमुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया