रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् ।लामिछानेको यस भ्रमण निश्चित भएको जनाइएको छ ।
लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर जेठ २० गते सम्पन्न हुने बताइएको छ। भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको जनाइएको छ ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुनलागेको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारतको भ्रमणको निम्तो दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया