Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

आईपीएल क्रिकेटमा हैदराबाद र दिल्ली विजयी


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । हैदराबादमा हिजो भएको खेलमा हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले १५ बलमा अर्ध शतक बनाउँदै ५९ रन जोडे भने हेनरिक क्लासेनले ३३ बलमा ५९ रन बनाए ।

चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए । जितसँगै हैदराबाद १३ अंकसहित तालिकाको शीर्ष चारमा उक्लिएको छ । यस्तै हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैङ्गलुरु आरसीबीलाई ६ विकेटले पराजित गरेको छ । बैङ्गलुरुको एम। चिन्नास्वामी मैदानमा भएको खेलमा दिल्लीले एक बल बाँकी रहँदै १७६ रनको लक्ष्य पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १७९ रन बनाउँदै जित निकालेको हो । दिल्ली तालिकाको छैटौँ स्थानमा छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट