Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

संसद्मा जवाफ दिन रोष्ट्रममा उभिए प्रधानमन्त्री बालेन, विपक्षीको विरोध


काठमाडौं । विपक्षी दलहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० आइतबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिन तयार भएका छन्।
बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले बोल्न अनुमति मागेपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका कर्मचारीसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीलाई बोल्न समय दिनुपर्ने सुझावपछि सभामुखले उनलाई रोष्ट्रममा बोलाएका हुन्।
रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले सांसदहरूले आफूलाई प्रश्न सोध्न पाउनुपर्ने माग उठेकाले त्यसकै आधारमा उपस्थित भएको बताएका थिए। त्यसपछि सभामुख अर्यालले प्रत्येक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्ने अवसर दिने घोषणा गरे।
तर विपक्षी दलहरूले उक्त प्रक्रिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने व्यवस्था रहेको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले नियमावलीअनुसार औपचारिक प्रश्नोत्तर कार्यक्रम सञ्चालन नगरी गरिएको प्रक्रिया संसदीय अभ्यासविपरीत भएको बताएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट