Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रधानमन्त्रीको सम्बोधन प्रक्रियामाथि एमालेको नियमापत्ति


काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन प्रक्रियाप्रति नियमापत्ति जनाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्रीको सदन उपस्थितिलाई स्वागतयोग्य बताए पनि संविधान र प्रतिनिधिसभा नियमावलीको पूर्ण पालना हुनुपर्नेमा जोड दिए। उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका लागि सांसदहरूले कम्तीमा तीन दिनअघि लिखित प्रश्न दर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराए।
“हामी कोही पनि संविधान र नियमावलीभन्दा माथि छैनौं। सभामुख, प्रधानमन्त्री वा सांसद जोसुकैले पनि स्थापित प्रक्रियाको सम्मान गर्नुपर्छ,” महरले भने।
उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार सञ्चालन गर्नुपर्ने र सांसदहरूले दर्ता गरेका लिखित प्रश्नकै आधारमा जवाफ लिने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरे।

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर विपक्षी दलहरूले समेत संसदीय प्रक्रिया र नियमावलीको पालनाबारे प्रश्न उठाएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट