Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक राष्ट्रिय सभाबाट पारित


काठमाडौं ।प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ ।

सभाको आइतबारको बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सर्वसम्मत पारित गरिएको हो ।

उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशीता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रश्ताव पेश गरेका थिए । तीन वटा संशोधन प्रश्ताव राखिएकोमा तीनवटै प्रश्तावहरू फिर्ता लिए ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जवाफ दिँदै समावेशी प्रतिनिधित्वसम्बन्धी संशोधन प्रश्तावहरू निर्वाचनसम्बन्धी कानुन संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट