कसरी पर्छ इरान अमेरिका युद्धको प्रभाव नेपालमा ?
इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमण तीन महिना नाघिसकेको छ । युद्ध मिनेटमै रोक्छु भनेका अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि गरेको आक्रमणको ३१ मेका दिन ९३औँ दिन भएको छ । डोनाल्ड ट्रम्पले तेहरानसँग युद्धविराम बढाउने कि नबढाउने भन्नेबारे अन्तिम निर्णय गर्न आफ्ना सहयोगीहसँग शनिबार ३० मेका दिन बसे पनि निर्णयमा पुग्न सकेनन् ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको बदलामा इरानले हर्मुजको जलडमरूलाई प्रभावकारी रूपमा बन्द गरेको छ । त्यसको प्रतिक्रियामा वासिङ्टनले अप्रिल १७ मा नाकाबन्दी सुरु गर्यो । अमेरिका इरान युद्ध विश्वका विभिन्न अर्थतन्त्रलाई संकटमा धकेलिदिएको छ । छिमेकी भारतको भारतको विदेशी मुद्रा सञ्चितिमा साप्ताहिक रूपमा ७।५ अर्ब डलरको गिरावट आएको छ ।
विदेशी मुद्रा सञ्चितिको यो संकट टार्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश यात्रामा कटौती गर्ने , इन्धनको प्रयोग सीमित गर्ने र एक वर्षको लागि सुन खरिदबाट टाढा रहने निर्णय गर्न पुगेको घोषणा गरे ।
स्ट्रेट अफ होर्मुज खोल्ने चुनौती ट्रम्पका अगाडि उभिएकोले उनले इरानसँग सम्झौता गर्न खोजेका हुन् । यसका लागि उनको रिपब्लिकन पार्टीमा विवाद उत्पन्न भएको छ ।
यसैबीच ट्रम्पले इरानसँगको सम्झौता भएको भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गर्दा अमेरिकी बजारमा हरियाली छायो । तर इरानले अमेरिकासँग त्यस्तो कुनै सम्झौता नभएको भनी प्रष्ट पारेको छ । इश्लामिक रिभोल्शनरी गार्ड क्रोप्स (आईआरजीसी) नामले चिनिने इरानी सेनाले ३१ मेका दिन गत चौबीस घन्टाभित्र उसको सुरक्षा निगरानीमा तेल ट्याङ्कर बोकेको जहाज समेत गरी कुल २८ जहाजलाई स्ट्रेट अफ होर्मुज भएर जान दिएको जनाएको छ ।
अमेरिका इरान युद्धले यस क्षेत्रबाट हुने व्यापारमा आश्रित देशहरूका जनताको भान्सासम्म महँगी बढ्न गएको छ । यसले गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पमाथि अन्तराष्ट्रिय दबाब बढेर गएको छ । इरानले आफूमाथि फेरि आक्रमण हुन नहुने विषयको सुनिश्चितता खोजेको छ भने अमेरिकाले इरानको परमाणु कार्यक्रमबाट युरोनियम प्रशोधन कार्य अन्त्य गर्न पर्ने माग अगाडि तेर्स्याएको छ । यसका साथै तत्काल स्ट्रेट अफ होर्मुज भएर जहाजको आवागमन बिना रोकटोक सुरक्षित जान पाउने शर्त पहिलो शर्त बनेको छ । इरानले यस क्षेत्रबाट अमेरिका र उसको सुरक्षामा रहेका जहाजहरूलाई जान नदिने गरी रोक लगाएको थियो ।
रुस युक्रेनपछि अमेरिका इरानको युद्धलाई विश्वको शक्ति सन्तुलनमा फेर बदल गर्ने विश्वभरका विज्ञहरूको धारणाबाट संश्लेषण गर्न सकिने परिदृश्य खडा भएको छ ।
यी युद्धहरूले शक्तिशाली देशहरूको युद्ध ट्याङ्क, मिसाइल र बमको खेल मात्रै नभएर अर्थतन्त्र, ऊर्जा, सूचना, साइबर स्पेस र सरकार फेर्ने बदल्ने कारणहरू निर्माण गरेका छन् ।
सुरुमा अमेरिकाले इरानको परमाणु कार्यक्रम नष्ट गर्ने, मिसाइल क्षमतामा ठूलो क्षति पुर्याउने, क्षेत्रीय प्रभाव घटाउने र अन्ततः शासन परिवर्तनतर्फ दबाब सिर्जना गर्ने लक्ष्य लिएको जनायो । तर केही महिनामै युद्धको केन्द्र बदलिएर युद्ध अब तेहरानको सत्ता परिवर्तनभन्दा बढी स्ट्रेट अफ होर्मुज भएर जहाजको आवागमनमा केन्द्रित हुन पुगेको छ । यो जलडमरू भएर , तेल आपूर्ति र वैश्विक ऊर्जा बजार नियन्त्रण गर्ने ठुलो माल सामानको आयात निर्यात हुने गर्छ ।
सैन्य दृष्टिले शक्तशाली अमेरिका र उसका सहयोगी शक्तिहरूले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज भएर जहाज खुलाउन सकिरहेका छैनन् । इरानका धेरै सैन्य संरचना, मिसाइल केन्द्र र पूर्वाधारमा ठूलो क्षति पुर्याएपनि त्यसको प्रभाव स्ट्रेट अफ होर्मुजको अडानमा फेरबदल गर्न सकिएको छैन् ।
सैन्य दृष्टिले शक्तशाली अमेरिका र उसका सहयोगी शक्तिहरूले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज भएर जहाज खुलाउन सकिरहेका छैनन् । इरानका धेरै सैन्य संरचना, मिसाइल केन्द्र र पूर्वाधारमा ठूलो क्षति पुर्याएपनि त्यसको प्रभाव स्ट्रेट अफ होर्मुजको अडानमा फेरबदल गर्न सकिएको छैन् ।
इरानका क्षेत्रीय सहयोगी समूहहरूमा वर्षौँदेखि हिजबुल्लाह, हमास, हुथी र इराकी मिलिसियाजस्ता समूहहरू रहेका छन् । उनीहरूका लगि इरानको सबैभन्दा ठूलो सहयोगी शक्ति रहिआएको छ ।
युद्धमा आफ्ना सहयोगीहरूका साथ इरानले विश्वको करिब २० प्रतिशत तेल जान पाउने यो बाटो रोक्न सफल भइरहेको छ ।
भूराजनीतिक दृष्टिले चीन र रुसको भूमिका पनि यो युद्धमा विशेष रहेको छ । यसैबीच रुसले अफगानिस्तानको तालिबानलाई मान्यता दिएर सुरक्षा सहयोग सम्बन्धी सम्झौता गरेको छ । यसबाट अमेरिकाले अफगानिस्ताको बाग्राम सैनिक शिविर उपयोग गर्न पाउने सम्भावना क्षीण भएको छ । यो युद्धमा ट्रम्पले सक्दो छिटो पाइला फर्काउन खोजिरहेको देखिएको छ भने इरानले यसलाई लम्ब्याउन रणनीति लिएको देखिएको छ ।
यो युद्धले अमेरिकाको एकल वर्चस्वबाट परिवर्तन गरी बहुध्रुवीय विश्वमा फेर्ने सन्देश दिएको छ । साथै यसले दक्षिण एसियाको मौजुदा अवस्थालाई पनि परिवर्तन गर्न सक्ने सम्भावना बढाएको छ । विशेष गरी तालिबानसँग रुसले गरेको यो नयाँ सम्झौताले भित्र भित्रै भइरहेको युद्ध शान्त पार्ने प्रयासमा निसन्देह असर पार्ने छ ।
इरानको नजिकबाट बाग्राम सैनिक शिविरबाट अमेरिकी सेनाको सम्भावनालाई न्यून मात्र गरेको छैनन् । यसले पाकिस्तानले बढाउने सामरिक महत्वलाई पनि कमजोर बनाउन सक्ने देखिएको छ । परमाणुशक्ति सम्पन्न पाकिस्तानले अफगानिस्तानलाई आफू अनुकूल बनाउन सक्ने सम्भावनालाई ध्यान दिएर भारतले अफगानिस्तानसँग गरेको कूटनीतिक विस्तार र रुसको अफगानिस्तानसँगको सम्झौतालाई यसै परिदृश्यमा लिन पर्ने देखिन्छ ।
कतिपयले यसलाई तेस्रो विश्वयुद्धको रूपमा व्याख्या गरिरहेका छन् । धनजनको क्षति युद्धरत देशमा प्रत्यक्षतः बढी परेर पनि यसको प्रभाव विश्वका सबै देशले धेरथोर बेहोर्नुपरेको छ । परम्परागत शैलीको युद्ध अब यसरी अर्थतन्त्रको दबाबबाट उत्पन्न हुने गरेको उनीहरूको बुझाइ रहेको छ ।
सन् २०२६को अन्त्यसम्म जारी युद्धहरूको बैठान हुने पूर्वानुमान गरिए पनि युक्रेन रुस युद्ध भन्दा पहिले अमेरिका इरानको युद्धको उपाय खोज्नुपर्ने सम्भावना बढेर गएको छ । यो भन्नु भनेको विश्वको शक्तिशाली देशहरूको वर्चस्व र तिनको पयोगमा हुने परिवर्तन हो । एसिया विशेषगरी चीनसहितको दक्षिण एसियाली क्षेत्रमा यसको सर्वाधिक ठुलो प्रभाव पर्ने बुझाइलाई अन्यथा भन्न सकिँदैन् । त्यसैले चीन र भारतबीच भूराजनीतिक महत्व बोकेको नेपालमा पनि प्रभाव पर्ने छ ।
क्याटेगोरी : अन्तराष्ट्रिय











प्रतिक्रिया