Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपाको काठमाडौं महानगर पहिलो अधिवेशन सुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन धुम्बाराहीमा सुरु भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

सभापति पदका लागि शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन्। कुल ५२४ प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन व्यवस्थापनका लागि सन्तोष काफ्लेको संयोजकत्वमा सौरभ बस्नेत र स्वयंवर खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ। अधिवेशनमा संसदीय दलका उपनेता गणेश पराजुली पनि सहभागी हुने कार्यक्रम छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट