Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

अली र शाही नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक नियुक्त


काठमाडौं । कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कलाम र वसन्तलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

कलाम यसअघि नेपाल ‘ए’ को प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि नेपालको सहायक प्रशिक्षक भइसकेका छन् । नेपाल र यूएईबीच हुन लागेको टी(२०आई सिरिज र आगामी लिग २ सिरिज अघि दुई सहायक प्रशिक्षक नियुक्त गरिएको हो । कलाम अली पीएम कप क्रिकेटमा बागमती प्रदेशको प्रशिक्षक थिए भने वसन्त शाही लुम्बिनी प्रदेशका प्रशिक्षक थिए ।

यस्तै एनपीएलको दोस्रो संस्करणमा कलाम चितवन राइनोजका मुख्य प्रशिक्षक थिए भने वसन्त काठमाडौं गोर्खाजको सहायक प्रशिक्षक थिए ।

नेपाल र यूएईबीचको दुई खेल सोमबार र मंगलबार हुँदैछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट