रास्वपा छाडेका दुई नेतृलाई कांग्रेसमा महत्वपूर्ण जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका दुई महिला नेतृलाई कांग्रेसले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।
नेपाली कांग्रेसले बारा निवासी ममता शर्मालाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य तथा उर्मिला भुर्तेललाई नेपाल महिला संघको केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार सभापति गगन थापाले पार्टी विधान–२०१७ संशोधनसहित को धारा ४ को उपधारा १०० ङ बमोजिम शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।
यस्तै, नेपाल महिला संघकी अध्यक्ष मिनाकुमारी खरेलले संघको केन्द्रीय समितिमा ७० जना सदस्य मनोनयन गर्ने क्रममा भुर्तेललाई १९औँ नम्बरमा केन्द्रीय सदस्यको जिम्मेवारी दिएकी छन्।
भुर्तेल रास्वपाकी संस्थापक सदस्यमध्ये एक हुन्। उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने रास्वपाकी एकमात्र महिला उम्मेदवारसमेत रहेकी थिइन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया