प्रधानमन्त्रीले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने विपक्षी दलको निर्णय
काठमाडौं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।
सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने भारत जानुपूर्व सन्ध्यामा अकस्मात संसदमा जवाफ दिने भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन्।
लामिछाने दिउँसो १ बजे भारत प्रस्थान गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया