Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

गौतम अडानी फेरि बने एसियाकै सबैभन्दा धनी व्यक्ति


काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी एक महिनापछि पुनः एसियाकै सबैभन्दा धनी व्यक्तिको स्थानमा उक्लिएका छन्।

अडानी समूहका विभिन्न कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएपछि गौतम अडानीको कुल सम्पत्ति ९० अर्ब अमेरिकी डलर पुगेको छ। भारतीय रुपैयाँमा यो रकम करिब ८.५५ लाख करोड बराबर हो।

सम्पत्तिमा भएको यो वृद्धिसँगै अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र जापानी लगानीकर्ता तथा सफ्टबैंकका प्रमुख मसायोशी सनलाई उछिन्दै एसियाको शीर्ष धनी व्यक्तिको स्थान पुनः हासिल गरेका हुन्।

गत अप्रिलसम्म अडानी एसियाकै धनी व्यक्तिका रूपमा रहेका थिए। तर, अडानी समूहका कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटका कारण मे महिनामा उनी तेस्रो स्थानमा झरेका थिए।

हालको सूचीमा मुकेश अम्बानी करिब ८.४३ लाख करोड भारतीय रुपैयाँ बराबर सम्पत्तिसहित दोस्रो स्थानमा छन् भने मसायोशी सन ८७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित तेस्रो स्थानमा रहेका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट