Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

ट्रोलको शिकार बन्दै रास्वपा सांसद


काठमाडौं । केटाकेटी आए, गुलेली खेलाए, मट्याङग्राको सत्यनाश भनेझै रास्वपा सांसदले संसदीय मर्यादाको नै धज्जी उडाउन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदलाई आफ्नै बोली गलपासो बन्न थालेको छ । बोलीमा लगाम लगाउन नसक्दा रास्वपाका सांसद एक पछि अर्काे विवादमा तानिदै गएका छन् ।

जान्नेलाई छान्ने आर्दश नारा दिएपनि केही रास्वपा सासंदहरुको हर्कतले पार्टी नै बदनाम हुने अवस्था सिर्जना भएको छ । पदीय मर्यादालाई भुलेर भावनामा बहकिदा उनीहरु हासोको पात्र बनेका छन् । सासंद भएको उन्माद रास्वपा सांसदमा चढेपछि उनीहरु नैतिक रुपमा पनि स्खलित बन्दै गएका छन् । कुन ठाउँमा कस्तो व्यवहार प्रर्दशन गनुपर्छ भन्ने आधारभुत कुरा समेत भुल्दा उनीहरु आलोचित हुन थालेका छन् ।

यस्तै अवस्था सिर्जना नहोस भन्नका लागि रास्वपाले निर्वाचनपछि सांसदहरुलाई अभिमुखिकरण दिएको थियो । तर, रास्वपाले दिएको अभिमुखिकरण वालुवामा पानी हाले सरह जस्तै भएको छ । झन उद्देक लाग्दो कुरा त के छ भने रास्वपा सांसदहरु नैतिक धरातल भुलेर हुकुमी शैलीमा प्रस्तृत हुन थालेका छन् । सांसद हुँदैमा कोही पनि कानुन भन्दा माथि हुँदैन सांसदका पनि आफ्नै सीमा र नियमहरु छन् । तर उनीहरुले संसदको गरिमामा नै आच आउने गरी व्यवहार प्रदर्शन गरिरहेका छन् ।

बोलीलाई नियन्त्रण गर्न नसक्दा पछिल्लो समय रास्वपाबाट निर्वाचित सांसद खगेन्द्र सुनार र विश्वराज पोखरेल आलोचित भएका छन् । सिन्धुलीमा केही दिन अघि हिरासतमा रहेको अवस्थामा एक युवकको रहस्यमय मृत्यु हुन्छ । प्रहरीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै विरोध प्रदर्शन हुन्छ । त्यही आलोन्दोलनमा सहभागि हुन रास्वपा सांसद सुनारसहित केही सासंद सिन्धुली गएका थिए ।

तर त्यहाँ सुनारले दिएको अभिव्यक्ति उनलाई नै निल्नु ओकेल्नु भएको छ । उनले एसपीलाई घिसार्ने अभिव्यक्ति दिएका थिए । सांसद भएको व्यक्तिले गैर जिम्मेवारी अभिव्यक्ति दिएको भन्दै उनको चौतर्फी आलोचना भएको छ भने कारवाहीको पनि माग गरिएको छ ।

यस्तै अभिव्यक्तिका कारण उनी पटक पटक विवादमा मुछिदै आएका थिए । यस्तै अर्का सांसद विश्वराज पोखरेल पनि यतिबेला चर्चामा छन् । गृहजिल्ला ओखलढुंगा पुगेका पोखरेलले एक प्रधानध्यापकलाई थर्काएको भन्दै आलोचित बनेका छन् ।

एक विद्यायलयको कार्यक्रममा सहभागि हुन गएका पोखरेल आफ्नो स्वागत गर्न प्रधानाध्यापक ढिला आएको भन्दै उनीमाथि खनिएका थिए । मन्त्रीहरुलाई नैतिकताको आधारमा राजीनामा दिन लगाउने रास्वपाले सांसदहरुमाथि कारवाहीको डण्डा चलाउँछ कि चलाउँदै यो निकै चासोको विषय बनेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट