पार्टी पुनर्जागरण अभियानमा एमाले, ‘अपानी–२’ मार्फत नयाँ कार्यदिशा सार्वजनिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले ले संगठनात्मक पुनर्संरचना, राजनीतिक सक्रियता र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै ‘अन्तर पार्टी निर्देशन–२’ ९अपानी–२० जारी गरेको छ।
४६ पृष्ठ लामो उक्त दस्तावेजमा पार्टीका २९९ केन्द्रीय सदस्यको कार्यक्षेत्र तथा जिम्मेवारी निर्धारण गरिएको छ। पार्टीलाई तल्लो तहसम्म थप प्रभावकारी बनाउने उद्देश्यसहित नेताहरूलाई भूगोल, विभाग र विशेष जिम्मेवारीका आधारमा कार्यविभाजन गरिएको एमालेले जनाएको छ।
निर्देशनमार्फत देशव्यापी ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने घोषणा पनि गरिएको छ। अभियानले संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्पर्कलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
दस्तावेजमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टी नेतृत्वसँग सम्बन्धित विषयवस्तु तथा सचिवालय बैठकका निर्णयहरूलाई समेत समेटिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई समग्र राजनीतिक नेतृत्वको जिम्मेवारी दिइएको छ भने महासचिव शंकर पोखरेललाई संगठनात्मक समन्वय र केन्द्रीय कार्यालय सञ्चालनको जिम्मेवारी तोकिएको छ।
एमालेले नयाँ निर्देशनलाई पार्टीको भावी कार्ययोजना र संगठनात्मक गतिशीलताको मार्गचित्रका रूपमा व्याख्या गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया