प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज ९ आइतबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया अघि बढाउनुका साथै नेपाल राष्ट्र बैंकसम्बन्धी संशोधन विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धीसँग सम्बन्धित प्रस्तावहरू पेश हुने कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रतिवेदनमाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि सभापति पराजुलीले उक्त प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची छ।
यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक ९तेस्रो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्। अनुमति प्राप्त भएपछि उनले सो विधेयक सदनमा पेश गर्ने कार्यक्रम रहेको छ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० अन्तर्गत श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ ९नम्बर ८१० तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ सदनमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया