Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ


काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको गम्भीर आरोप लगाएका छन्।
पूर्व तालिकाबिना नै आकस्मिक रूपमा बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको बयानप्रति श्रम संस्कृति पार्टीले कडा आपत्ति जनाउँदै विरोध गरेको हो।
अध्यक्ष साम्पाङद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने भारत भ्रमणमा जानुअघि भारतलाई रिझाउनका लागि प्रधानमन्त्रीले यस्तो विवादित अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको वास्तविक मुद्दालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने नेपाली जनताको जायज मागलाई सामसुम पार्ने तथा नेपालले आफ्नै धेरै ठाउँको भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ ।” प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थितिका बारेमा गम्भीर अस्पष्टता पैदा गरेको ठहर पार्टीले गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट