Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपा सभापति रवि लामिछाने भारततर्फ प्रस्थान


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन्।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनेछन् ।

भाजपाका शीर्ष नेतृत्वसँग छलफल हुनेछ। यसबाहेक, अयोध्यामा व्यक्तिगत भ्रमणका साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टी शुभचिन्तकहरूसँग भेटघाट पनि समावेश छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट