Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । राष्ट्रियसभा बैठकमा सोमबार कांग्रेसले २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ जानकारी गराउन माग गरेको हो ।

बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट आकस्मिक समय लिएर सांसद रञ्जित कर्णले प्रधानमन्त्रीलाई त्यस्तो अल्टिमेटम दिएका हुन् ।तथ्य सार्वजनिक गर्न नसके जनतासँग माफी माग्नुपर्ने कांग्रेसले बताएको छ ।यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने प्रधानमन्त्रीज्यूले जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।’

त्यस्तै, सांसद कर्णले प्रधानमन्त्री शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न पनि माग गरेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट