Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार सदनमा सम्बोधनका क्रममा दिनुभएको केही विषयलाई लिएर असन्तुष्टि जनाउँदै आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षसहित सबै विपक्षी दलले विरोध जनाएका थिए । सभामुख अर्यालले आकस्मिक समयमा विपक्षी दलका सांसदलाई बोल्न समय दिएपछि केही बेर सदन चलेको थियो । विपक्षी दलका सांसदले बोलिसकेपछि विपक्षी दलका सबै सांसद उठेर विरोध जनाएका हुन् ।

सभामुख अर्यालले पटकपटक बसेर कार्यसूचीमा प्रवेश गर्न सांसदहरूलाई आग्रह गरे पनि विपक्षी दलका सांसदले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट