Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

श्रम संस्कृति छाडेको निनाचन्द्रको घोषणा, हर्क साम्पाङले धरानको मेयर उठाउँछु भनेर ढाँटेको दाबी


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ नजिकका सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् । धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति र हर्क साम्पाङसँग सम्बन्ध नरहेको घोषणा गरेका हुन् ।

हर्कलाई धरानको मेयर बनाउने अभियानमा उनले सक्रितापूर्वक साथ दिएका थिए । निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।

आफूलाई धरानको मेयरको आश्वासन दिइएकोमा धोका दिएको निनाचन्द्रले बताएका छन् । हर्कले भावी मेयरमा धनबहादुर राईको नाम घोषणा गरिसकेका छन् । धनबहादुरले ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका थिए ।

हर्कलाई स्वतन्त्र मेयर जिताउन खटेका निनाचन्द्र पार्टी गठनपछि पनि केही समय संगठित भएका थिएनन् । स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका उनलाई हर्कले गत वैशाखमा पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गराउँदा मेयर बनाउन आश्वासन दिएर पार्टीमा प्रवेश गराएको निनाचन्द्रले दाबी गरेका छन्


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट